एक पटक सेवा गर्ने मौकाको पर्खाइमा पाल्पा (PALPA) गेउसेइ सोसी जिम्स्यो ।

सम्पूर्ण सहृदयी मनहरूप्रति हार्दिक नमन ! 🙏
देशको बिग्रदो राजनिति र घरको कमजोर आर्थिक अबस्थाले गर्दा कानुनमा स्नातक गरी अधिवक्ता ( Advocate) को लाइसेन्स लिए पनि सन २००८ सालमा उज्ज्वल भबिष्यको सपनामा देख्दै म जापानमा आएको थिए । जापानमा सुरूका दिनहरू अत्यन्तै संघर्ष पूर्ण रहे । भाषाको अनभिज्ञाता , फरक सँस्कृति र रहन-सहन अनि बिदेसीहरू प्रति जापानीहरूको कम बिश्वासले गर्दा कोठा पाउन , काम पाउन , भिषाका पेपर मिलाउन , बिरामी पर्दा हस्पिटल जान , बच्चाहरूलाइ स्कुल भर्ना गर्न अनि समाजिक सुरक्षाका सेवाहरू लिन ज़्यादै कठिन भयो । जनतन मन मिल्ने जापानीहरूको सँगतले समस्याका पर्खालहरूलाइ भत्काउँदै जापानको बसाइ सहज बनाएता पनि नेपालबाट कामको लागी जापानमा आउने हज्जारौँ नेपाली अझै पनि जापानमा कुहीरोमा हराएको काग जस्तै अलमलमा जिन्दगी चलाइ रहेको मैले महशुस गरेको छु । यस्तो अबस्थामा आफूले जाने बुझेका कुराहरू एक आपसमा सेयर गर्दै जापानको बसाइलाइ सजिलो बनाउन नेपाल र नेपालीलाइ माया गर्ने मेरो आत्मिय मित्र सोउता तानाका ( Shauta Tanaka ) सँग मिलर काम गर्ने चाहाना अनुसार पाल्पा गेउसेइ सोसी जिम्स्यो (PALPA 行政書士事務所 )खोलेर जापानी भिषा , कम्पनी दर्ता , क़ानूनी सल्लाह , Business Startup सम्बन्धी काम सुरू गरेका छौ ।यो हाम्रो सानो प्रयास मात्र हो । त्यसैले हामीलाइ बिश्वास गरी साथ , सहयोग र माया गरिदिनु हुने छ भन्ने आशा समेत गरेका छु ।

तुलाराम तिवारी
चिवा, जापान